नेपाल र नेपालीकाका लागि बि. स. २०७२ साल धेरै नै
दुःखद रह्यो। बर्षको सुरुमै बिनासकारि महाभुकम्पले धैरे ठूलो क्षति पुर्यायो,
मध्यतिर नेपाली जनताको संविधानसभा मार्फत संविधान निर्माण गर्ने बर्षौँ देखिको
चाहाना पूरा गरे बापत भारतद्वारा लगाइएको अघोषित नाकाबन्दिको सामना गर्नुपर्यो र अहिले
पनि नाकाबन्दिको नाम र सरकारको अकर्मण्यताको कारण फैलाएको कालोबजारिको मारमा हामी
नेपाली छौँ। महाभुकम्पको एक बर्ष बितिसक्दा पनि भुकम्प पीडितले राहातको महसुस गर्न
पाएका छैनन्। मधेषि, जनजाति, थारूहरु संविधानप्रति असन्तुष्ट छन्। वर्षा लागिसकेको
छ, भुकम्प पीडितका लागि ओतको कुनै व्यवस्था भएको छैन। बाढि-पहिरो तथा आगलागीले
गर्दा कैयौँ घरबार बिहिन भएका छन, त्यतातिर सरकारको खासै चासो रहेको देखिदैन।
बर्षको सुरुमा सुशिल कोइराला नेतृत्वको सरकार
थियो। यो सरकारको काम गराइको सुस्ततालाई कसैले पनि नकार्न सक्दैन। यसको मुख्य
उदाहरणको रुपमा आफ्नै नेतृत्वको सरकार हुँदा पनि पुननिर्माण विधेयक संसदबाट पारित
गराउन नसक्नुलाई लिन सकिन्छ। यति हुँदा-हुँदै पनि यो सरकार बर्षौँ देखिको संविधानसभा
मार्फत संविधान निर्माण गर्ने नेपाली जनताको चाहाना पूरा गर्न र दाता सम्मेलन
मार्फत करिब चार खर्ब बराबरको सहयोग प्रतिबध्दता हासिल गर्न सफल भयो। बर्षको
मध्यतिरबाट खड्ग प्रसाद ओलीको नेतृत्वको बाम सरकार आयो। सरकारका मुख्य कामहरु
संविधानको कार्यान्वयन, भुकम्प पछिको पुननिर्माण, मधेष समस्याको समाधान र
कालोबजारिको नियन्त्रण गर्नु र जनतालाई सुशासनको अनुभुति गराउनु थिए। यस मामलामा
यो सरकार पूर्ण सुपमा चुकेको छ, सरकार आफ्नो दायित्वबाट विमुख भएको भान भएको छ।
के. पि. ओली नेतृत्वको सरकार निर्माणसँगै हामीले धेरै
आश्वासन पायौँ। सरकार निर्माण लगत्तै प्रधानमन्त्रीले घोषणा गरिदिनुभयो, एक बर्षमा
लोडसेडिङ्को अन्त्य, एक बर्षभित्रमा तुइन मुक्त, घर-घरमा पाइपलाइनबाट ग्यास,
हावाबाट बिजुली आदि ईत्यादि। एक बर्ष हुनै लाग्यो तर आश्वासन पूरा हुने कुनै
छाँटकाँट त परै जाओस् यस विषयमा सरकारले सिन्को पनि भाँच्न सकेको छैन। माथि उल्लेखित कुराहरु अवश्य नै सम्भब छन् तर एक
बर्षमा हैन। बिशेष योजना तर्जुमा गरेर कार्यान्वयनमा गए केहि बर्षमा देशलाई लोडसेडिङ्
मुक्त र तुइन मुक्त गर्न सकिन्छ। केहि मात्रामा पाइपलाइनबाट ग्यास पनि पुग्ला र
हावाबाट विजुली पनि निस्केला। तर पाइपलाइनबाट ग्यास दिने र हावाबाट बिजुली
निकाल्ने कुरा प्रधानमन्त्री जस्तो मान्छेले हचुवाका भरमा बोल्ने कुरा हैनन्। बरु
पहिले हातमा पैसा बोकेर ग्यास खोज्दै भौतारिएका जनतालाई ग्यास उपलब्ध गराउने
सामर्थ्य राखेको भए र नेपालमा बिधुत उत्पादनका लागि उपयुक्त माध्यम हाईड्रोपावरका
माध्यमबाट यति वर्षमा यो यो हाईड्रपावर बनाएर देशलाई लोडसेडिङ् मुक्त गर्छु भनेको
भए सबैले पत्याउने र विश्वास गर्ने कुरा हुन्थ्यो।
अहिले आएर प्रधानमन्त्रीले नेपालकै पनीजहाज हुने
र दुई बर्षमा नेपालमै उत्पादन भएको पेट्रोल भर्न पाईने आश्वासन दिनु भएको छ। के यि
कुरा सान्दर्भिक छन्? अहम प्रश्न यो हो। सपना देख्न पाइन्छ तर रातमा सपना देखेर
बिहान साथीलाई भेटेर ओई आज मैले यस्तो सपना देखेँ भनेजस्ता सपना हुनुहुन्न देशको
प्रधानमन्त्रीले देखेका सपना। भुकम्प पीडितका पाल टाँगेका छाप्राहरु बर्षातको
पानीमा डुबिरहेका बेला पानीजहाजको कुरा गर्दा यो त उनीहरुला गिज्याए जस्तो भएन र
प्रधानमन्त्री ज्यू? समय आउछ पहिले भुकम्प पीडितका छाप्राहरुलाई उचित बासस्थानले
विस्थापन गरौँ अनि चढौँला नेपाली झण्डा फहराएको आफ्नै पानीजहाज। अर्को छ पेट्रोल
उत्पादनको कुरा! पेट्रोल उत्पादन आँपको रुख रोपेर केहि बर्षमा त्यसमा आँप फलाए
जस्तो सजिलो कुरा हैन। यसका लागि सबभन्दा पहिले देशमा क्रुड वइल (Crude
Oil) को खानी
हुनुपर्छ अनि त्यसलाई बिभिन्न चरणको प्रशोधन पछि मात्र पेट्रोल, डिजेल आदि उत्पादन
हुन्छन्। त्यसैले देशमा Crude Oil को खानी नै अहिले सम्म नभेटिएको अवश्थामा यो कुरा
पनि जनता भुल्याउने अस्त्र सिवाय अरु केहि पनि हैन। पहिले Crude Oil को खानी भेटौँ अनि मात्र सम्भब छ पेट्रोल उत्पादन। यस्तै सरकारको नीति तथा
कार्यक्रममा आएको कुरा प्रत्येक प्रदेशमा एक जलाशय युक्त जलबिधुत आयोजना निर्माण
गर्ने भन्ने छ। जलाशययुक्त जलबिधुत आयोजना समभाव्यताका आधारमा निर्माण गर्ने हो,
प्रत्येक प्रदेशमा एक-एकओटा बनाउँछु भनेर हुँदैन।
यसका सथै यो सरकारका पालामा केहि राम्रा काम पनि
भएका छन्। जस्तै चीनसँग भएका पारवहन सम्झौता लगाएत अन्य केहि महत्वपूर्ण
सम्झौताहरु। यि सम्झौताहरुले नेपालको अन्तराष्ट्रिय व्यापारलाई विबिधिकरण गर्न
सहयोग पुर्याएको छ जुन नेपालको दीर्घकालीन हितमा छ। अनि अहिले बहुत चर्चामा रहेको
बिषय फाष्ट-ट्रयाक नेपाली लगानीमा बनाउने कुरा पनि सरहानिय छ। सकेसम्म फाष्ट-ट्रयाक
नेपाली लगानीमा नेपाली निर्माण कम्पनीद्वारा नेपाली प्राविधिक मार्फत बनाइनु पर्छ
र नेपाली प्राबिधिकको क्षमताले नभ्याउने ठाउँमा विदेशी प्राविधिकको प्रयोग गर्नु
पर्छ। यसमा पनि सबै हामी आँफै गर्छौँ भन्यौँ बने मूर्खता हुने छ।
अन्त्यमा, हामीले सपना धेरै पहिले देखि देखिरहेका
छौँ। वास्तवमा भन्नु पर्दा नेपालीहरु सपना मात्र देखेर वाक्क- दिक्क भएका छन्।
अबको समय भनेको सपना मात्र देख्ने हुनुहेदैन; अबको समय भनेको कार्यान्वयनको
हुनुपर्छ। अहिलेका मुख्य समस्या र छिट्टो कार्यान्वयनामा ल्याउनु पर्ने बिषय भनेका
भुकम्प पछिको पुननिर्माण, भुकम्प पीडितलाई बर्षातको पनी छल्नसक्ने ओतको व्यवस्था,
नेपालभित्रै चुँडिएका मनहरुलाई जोडेर राष्ट्रिय एकता कायम गर्नु, कालोबजारि
नियन्त्रण, संविधानको कार्यान्वयन र कुटनीतिक मामलामा Reactive भन्दापनि Proactive
भएर सबैसँग सुमधुर
सम्बन्ध कायम राख्नु हो। अहिलेको अवश्था अलि जटिल किसिमको भएकाले प्राथमिकताहरु
निर्धारण गरेर काम गरे राम्रो हुन्छ नत्र काम-कुरो एकातिर कुम्लो बोकि ठिमीतिर हुन
बेर छैन।